भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आरोप आधारहीन रहेको चिनियाँ राजदूतकाे दाबी

आरोप आधारहीन रहेको चिनियाँ राजदूतकाे दाबी

काठमाडौं । चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छन् ।

चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने दावी गरिन् ।

नेपाल र चीनबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको जानकारी दिदै उनले गत वर्ष भन्दा ६३ प्रतिशतले बढी व्यापारको कुरा गरिन् ।

कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको र त्यसलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिइन् ।

तातोपानी र रसुवागढी नाकाबाट सीमापार व्यापार सुधार्ने विषयमा नेपाल र चीनको तिब्बत क्षेत्रका अधिकारीबीच एक महिनाभित्र बैठक हुन लागेको चिनियाँ राजदूत यान्छीले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.