भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

इथियोपियाका खडेरी पीडितलाई सहायता उपलब्ध गराइने

इथियोपियाका खडेरी पीडितलाई सहायता उपलब्ध गराइने

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले इथियोपियाका खडेरी प्रभावितलाई मानवीय सहयताको खाँचो रहेकाले खाद्य उपलब्ध गराइने जनाएको छ । महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता निकायलाई खडेरीबाट पीडित भएका एक करोड ६० लाख र बाढी प्रभावित १७ लाख इथियोपियालीलाई सहयोग गर्न आह्वान गरिएको छ । यहाँ गएको ४० वर्षयताकै सबैभन्दा खराबरुपमा खडेरी परेको पाइएको छ ।

यसबाट धेरैभन्दा धेरै नागरिक मानवीय सहायताको खाँचोमा परेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले यहाँको खडेरी इतिहासकै सबैभन्दा खराब प्रकृतिको रहेको भन्दै यसबाट यहाँका लाखौँ मानिस विस्थापित भएका बताउनुभएको छ । उहाँले यो खडेरीका कारण यहाँका करिब ३५ लाख पशु चौपायासमेत मरेका जानकारी दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहयातासम्बन्धी एजेन्सीलाई उद्धृत गर्दै उहाँले जनाएअनुसार यहाँका खडेरी पीडितमध्ये अधिकांशले खाद्यान्नको अभाव झेल्नुपरेको छ । साथै यहाँका बालबालिका तथा महिलाले आवश्यक पोषणको अभावमा विभिन्न प्रकृतिका रोगबाट झेल्नुपरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय सो निकायले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यहाँ एकातर्फ खडेरीले मानिसमा यस्तो असर गरेको र अर्कातर्फ बाढीका कारण पनि धेरै नागरिकको ज्यान गएको र विस्थापित हुनुपरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.