भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

इसाईलगायत सबै धर्मको अभिभावकत्व प्रदान गर्छुः प्रदेश प्रमुख

इसाईलगायत सबै धर्मको अभिभावकत्व प्रदान गर्छुः प्रदेश प्रमुख

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताए । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान रहेको बताए । “मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो”, उनले भने, “नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्नेछु ।”

प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली प्रदेशमा बसोबास गर्ने सबै इसाई धर्मावलम्बीहरूलाई आसन्न २५ डिसेम्बर मनाइने ख्रीष्टमस बडादिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरे । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिता माओवादीको एजेण्डा भएकाले यसले सबै वर्गको अधिकार सुनिश्चितताका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताए ।

मुलुकका अल्पसङ्ख्यक, सीमान्तकृत वर्ग, धर्म, जाति भाषाभाषीको नेतृत्व माओवादीले गर्दै आएको जनाउँदै उनले इसाई धर्मावलम्बीहरूको समस्या समाधानमा निरन्तर प्रयास गर्ने बताउनुभयो । जनजागरण पार्टीका केन्द्रीय अध्यक्ष डा. बिपी खनाल फौजादारी संहिताको परिच्छेद–९ को दफा १५८ ले हामी सबैलाई अपराधी बनाएको टिप्पणी गरे । अध्यक्ष डा. खनालका अनुसार सत्ताको वरिपरि बसेकालाई परिवर्तन भएजस्तो लागे पनि नागरिक तहमा त्यसो हुनसकेको छैन ।

नेपाली ख्रीष्टिय समाजका केन्द्रीय महासचिव डिल्लीराम पौडेलले मुलुकको विकासमा इसाईहरूको अग्रणी भूमिका रहेको जनाए । उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी० पार्टी सुर्खेत अध्यक्ष. मोहनसिंह बडुवाल, जनता समाजवादी पार्टी सुर्खेतका अध्यक्ष. फत्ते सोती मगर, अखिल नेपाल क्रान्तिकारी महिला सङ्घका प्रदेश संयोजक हरिमाया शर्मा, नेपाल राष्ट्रिय ख्रीष्टियन महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदम गैरे, नेकपा एमाले वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि नीलकण्ठ खनाल, अधिवक्ता चेतबहादुर आलेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.