भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी |

उत्कृष्ट सासूबुहारी सम्मानित

उत्कृष्ट सासूबुहारी सम्मानित

सिन्धुली । पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सिन्धुलीको फिक्कल गाउँपालिकाले सासूबुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९–०८० को वार्षिक कार्यक्रमअन्तर्गत छ वटा वडाका छ जोडी सासूबुहारीलाई सम्मान गरिएको हो ।\

गाउँपालिकाका उपाध्यक्ष राजु बरालले गाउँघरमा सासूबुहारी सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा रहेका अनुकरणीय सासूबुहारीलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्दै आएको बताए ।

प्रत्येक वडाका उत्कृष्ट सासूबुहारीलाई खोजी हरेक वर्ष गाउँपालिकाले सम्मान गर्ने कार्यलाई निरन्तरता दिने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.