भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

‘उपचारका लागि आइसियूमा राखेका हौं बन्धक बनाउन होईन’

‘उपचारका लागि आइसियूमा राखेका हौं बन्धक बनाउन होईन’

चितवन । मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङलाई उपचार खर्च तिर्न नसक्दा आइसियूमै राखिएको भन्ने समाचार गलत भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

राजुकी श्रीमती संगीता थिङले औषधि र उपचार खर्च गरी तीन लाख रुपैयाँभन्दा बढी अस्पताल र फार्मेसीलाई तिर्न बाँकी रहेको र अढाई लाख रुपैयाँ उनीहरूले खर्च गरिसकेको बताएकी छन् । श्रीमान्को अवस्था सामान्य भएपछि उनले साधारण बेडमा सारिदिन अस्पताललाई अनुरोध गरेको बताईन तर, अस्पताल प्रशासनले पैसा तिरेपछि मात्र साधारण बेडमा सारिदिने बताएको उनको भनाई छ ।

यहि विषयमा अस्पताल प्रशासनसंग बुझ्दा अस्पतालका निर्देशक दयाराम लम्सालले भने, विरामीलाई अस्पतालमा उपचार गर्न ल्याउने हो नकि बन्धक बनाउन होईन । हामीले उपचारकालागि राखेका हौं । उनले अस्पतालको बदनाम गराउन यस्तो भ्रामक समाचार बाहिरिएको बताए ।

 


Thali Mobile Pvt.Ltd.