भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ए कमरेड ! मलाई चिन्नु हुन्न र ?

ए कमरेड ! मलाई चिन्नु हुन्न र ?

ए ! कमरेड,
उनपचास पचासको वर्गसंघर्ष कालमा
कुख्यात डार्बोट अपरेसन चल्दा
अनि, जंकोट, भाबाङ र ह्याङगाउ अपरेसनमा पर्दा
गाउलेका आफ्नै खसि, बोका र कुखुरा लुटेर
रगतमा हात चोभाउदै गाउ आतंकित पार्दा
रपा गाउमा गोली चल्दा
अनि, चप्का खोलामा गोली हानेर
लोक र मनको जीवन ढल्दा
र, त्रासद रोमियो अपरेसन चल्दा
ए ! कमरेड, म त्यहि थिए नी !
हजुरले मलाई देख्नु भएन र ?
हजुरले मलाई चिन्नु भएन र ?

बाउन्नसाल फागुन एक
जनयुद्धको शंखघोष गर्दा
त्यसपछि, बैरिहरुले कुमारी, लली र सुनसराहरुलाई
ज्युंदै आगोमा पोल्दा
बन्दुक बोकी रणमैदानबाट
प्रतिरोध गरेकी थिए
मृत्यु या मुक्तिको सपथ खाएर
अहोरात्र युद्धमैदानमा डटेकी थिए
ए ! कमरेड,
हजुरले मलाई देख्नु भएन र ?
हजुरले मलाई चिन्नु भएन र ?

डाडा पाखा पखेरीमा गोली चल्दा
वलिदान र वीरताको श्रीङ्खलामा
एकै गाउका त्रिसट्ठी जना ढल्दा
गाउ बस्ती आगोले जल्दा
ए ! कमरेड म त्यहि थिए नी
हजुरले मलाई देख्नु भएन र ?
हजुरले मलाई चिन्नु भएन र ?

ए ! कमरेड, म रोएकी छु
आफ्नै ढलेको घरको खण्डहरमा उभिएर
संजोगले बाचेकी छु
गोलीको बीचमा खसेको छोरा उठाएर लिदा
आसु साटेकी छु
आफ्नै हातले बीसदिने छोराको लास पुरेर डटने बैनीसंग
ए ! कमरेड,
हजुरले मलाई देख्नु भएन र ?
हजुरले मलाई चिन्नु भएन र ?

वलिदानपूर्ण जनयुद्धको जगमा
इन्नाईस दिने त्यो जनसागर उर्लिदा
अनि, निरंकुस राजतन्त्रको अवसान हुदा
र, लोकतान्त्रीक गणतन्त्रको बिहानी खुल्दा
यतीमात्र हैन,
बिचार संघर्षमा खरिपाटी देखि पालुङटार
र, फुट बिभाजन र पुनर्मिलनसम्म
अनि, आजको तछाड-मछाडसम्म
म यहि छु, र हेरिरहेकी छु
ए ! कमरेड,
हजुरले मलाई देख्नु हुन्न र ?
हजुरले मलाई चिन्नु हुन्न र ?

 


Thali Mobile Pvt.Ltd.