भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

ए कमरेड ! मलाई चिन्नु हुन्न र ?

ए कमरेड ! मलाई चिन्नु हुन्न र ?

ए ! कमरेड,
उनपचास पचासको वर्गसंघर्ष कालमा
कुख्यात डार्बोट अपरेसन चल्दा
अनि, जंकोट, भाबाङ र ह्याङगाउ अपरेसनमा पर्दा
गाउलेका आफ्नै खसि, बोका र कुखुरा लुटेर
रगतमा हात चोभाउदै गाउ आतंकित पार्दा
रपा गाउमा गोली चल्दा
अनि, चप्का खोलामा गोली हानेर
लोक र मनको जीवन ढल्दा
र, त्रासद रोमियो अपरेसन चल्दा
ए ! कमरेड, म त्यहि थिए नी !
हजुरले मलाई देख्नु भएन र ?
हजुरले मलाई चिन्नु भएन र ?

बाउन्नसाल फागुन एक
जनयुद्धको शंखघोष गर्दा
त्यसपछि, बैरिहरुले कुमारी, लली र सुनसराहरुलाई
ज्युंदै आगोमा पोल्दा
बन्दुक बोकी रणमैदानबाट
प्रतिरोध गरेकी थिए
मृत्यु या मुक्तिको सपथ खाएर
अहोरात्र युद्धमैदानमा डटेकी थिए
ए ! कमरेड,
हजुरले मलाई देख्नु भएन र ?
हजुरले मलाई चिन्नु भएन र ?

डाडा पाखा पखेरीमा गोली चल्दा
वलिदान र वीरताको श्रीङ्खलामा
एकै गाउका त्रिसट्ठी जना ढल्दा
गाउ बस्ती आगोले जल्दा
ए ! कमरेड म त्यहि थिए नी
हजुरले मलाई देख्नु भएन र ?
हजुरले मलाई चिन्नु भएन र ?

ए ! कमरेड, म रोएकी छु
आफ्नै ढलेको घरको खण्डहरमा उभिएर
संजोगले बाचेकी छु
गोलीको बीचमा खसेको छोरा उठाएर लिदा
आसु साटेकी छु
आफ्नै हातले बीसदिने छोराको लास पुरेर डटने बैनीसंग
ए ! कमरेड,
हजुरले मलाई देख्नु भएन र ?
हजुरले मलाई चिन्नु भएन र ?

वलिदानपूर्ण जनयुद्धको जगमा
इन्नाईस दिने त्यो जनसागर उर्लिदा
अनि, निरंकुस राजतन्त्रको अवसान हुदा
र, लोकतान्त्रीक गणतन्त्रको बिहानी खुल्दा
यतीमात्र हैन,
बिचार संघर्षमा खरिपाटी देखि पालुङटार
र, फुट बिभाजन र पुनर्मिलनसम्म
अनि, आजको तछाड-मछाडसम्म
म यहि छु, र हेरिरहेकी छु
ए ! कमरेड,
हजुरले मलाई देख्नु हुन्न र ?
हजुरले मलाई चिन्नु हुन्न र ?

 


Thali Mobile Pvt.Ltd.