भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

एएफयूमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला

एएफयूमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला

चितवन । कृषि तथा वन विज्ञान विश्व विद्यालय एएफयू रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाईएको छ । विश्वविद्यालय परिसरमा रहेको जैविक प्रविधि केन्द्रको नयाँ भवनमा रु १५ करोड १२ लाख लागतमा प्रयोगशाला निर्माण गर्न लागिएको हो । विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार प्रयोगशालाभित्र अत्याधुनिक पाँच वटा छुट्टाछुट्टै प्रयोगशाला बन्दैछन् ।

जहाँ पोषणको विश्लेषण एनलाइसिस, खाद्य सुरक्षा, विषादीको अवशेष पहिचान, आणविक निधान मोलिकुलर डाईग्नोसिस खोप उत्पादन र तन्तु उत्पादन सम्बन्धी प्रयोगशाला निर्माण गरिँदै छ । श्रेष्ठले भन्नुभयो, “यस किसिमको अत्याधुनिक प्रयोगशाला नेपालको पहिलो हुनेछ ।” हरेक युनिटमा वैज्ञानिकसहित जनशक्ति रहनेछन् । प्रयोगशाला निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले रु ११ करोड २० लाख र विश्वविद्यालयले रु ३ करोड ९२ लाख लगानी गर्ने छ ।

प्रयोगशाला निर्माणका लागि बोलपत्र आह्वान गरिसकिएको छ । तीन वर्षभित्रमा निर्माण सम्पन्न हुने उहाँको भनाइ छ । नेपालमै खोप निर्माण गर्ने, भ्रुणको उत्पादन गर्ने, तन्तु प्रजनन्बाट उत्पादित बेर्ना रोगमुक्त हुने भएकाले यो प्रयोगशाला कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने उहाँको भनाइ छ । यसलाई विश्व विद्यालयले ‘इण्ट्रोगेटिभ रिसर्च ल्यावरोटरी’ नाम दिएको छ । यसले प्रयोगशालाको अभावको कारण अहिले कृषिकर्मीले भोग्नु परेका समस्यालाई धेरै हदसम्म समाधान गर्ने छ । १० वर्ष अघि कृषि र वन विज्ञानको पठनपाठन, अध्ययन अनुसन्धान र प्रसारको उद्देश्यसहित स्थापित विश्वविद्यालयले अनुसन्धानमूलक कामलाई विशेष प्राथमिकतामा राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.