भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

एक दिनमा ४४ हजार छ सय ८९ कोभिड–१९ का नयाँ सङ्क्रमित

एक दिनमा ४४ हजार छ सय ८९ कोभिड–१९ का नयाँ सङ्क्रमित

सोल, । दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात् आइतबार मध्यरातसम्म ४४ हजार छ सय ८९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९८ लाख २० हजार सात सय ३९ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण घटेको जनाइएको छ । अघिल्लो दिन ७३ हजार पाँच सय ८९ जना एक दिनका सङ्क्रमित रहेका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ ।

नयाँ केसहरूमध्ये, चार सय ३६ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४४ हजार सात सय ५६ जना कोरोनामुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८७ पुगेको छ । यस अवधिमा थप २१ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कूल सङ्ख्या २५ हजार ६८ पुगेको छ । कूल मृत्युदर ०.१३ प्रतिशत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.