भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एक महिनादेखि बेपत्ता झा दम्पतीको भेटियो शव

एक महिनादेखि बेपत्ता झा दम्पतीको भेटियो शव

जनकपुरधाम । एक महिनादेखि बेपत्ता एक दम्पतीको शव गाडिएको अवस्थामा बिहीबार फेला परेको छ ।

पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते रातिदेखि ओछ्यानसहित बेपत्ता भएका थिए ।

पिपरा–२ स्थित अत्तरा जाने बाटो छेउमा खाल्डोमा गाडिएको अवस्थामा झा दम्पतीको शव फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

ठूलै खाल्डो खनेर शव पुरेको अवस्थामा झा दम्पतीको घरभन्दा साढे ३ किलोमिटर फेला परेको हो । होलीका लागि घर पोत्न माटो लिन गएका स्थानीयबासीले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.