भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एक हजार २८२ मा सङ्क्रमण पुष्टि

एक हजार २८२ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १५ हजार ४८८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ९२ हजार ३६७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९० हजार ८५४ रहेको छ । पछिल्लो समय थप एक हजार २६२ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार ४१६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव २ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । हाल नेपालमा १७ हजार ५३५ होम आइसोलेशन र एक हजार ३१३ जना संस्थागत आइसोलेशन रहेका छन् । त्यसैगरी ३८५ आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८४८ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २५६ रहेको छ ।

सातको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १०३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप सात जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय तीन लाख १२ हजार ८७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.