काठमाडौं । युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भावलाई समेटेर तयार पारिएको गीत ‘एकै नजरमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
विक्की परियारको स्वरमा सजिएको गीतमा बिष्णुबाबु देवकोटाको शब्द, टीका दाहालको संगीत र राहुल प्रधानले एरेञ्ज गरेका छन् । कालिञ्चोकमा छायांकन गरिएको उक्त भिडियोमा विकास लामिछाने र बिना राउतको अभिनय रहेको छ ।
केशवराज भट्टको निर्देशन, बुद्ध थापाको छायांकन र दिन्सन शाहको सम्पादन रहेको भिडियोमा । संगीतकार टीका दाहाल रहेको र उनकै आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक गरिएको छ ।
