भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

एभरेस्ट स्कुल मिवाछें व्यासीमा म्हः पूजा

एभरेस्ट स्कुल मिवाछें व्यासीमा म्हः पूजा

भक्तपुर । एभरेस्ट स्कुल मिवाछें व्यासीका विद्यार्थीले म्हः पूजा गर्नुका साथै देउसीभैलो खेलेका छन् । कक्षा ३ का विद्यार्थीको आयोजनामा म्हःपूजा गरिएको हो । लहरै बसेर पूजा गरेका थिए । लबालिकाहरुलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमला राजभण्डारीलगायत शिक्षक शिक्षिकाहरुले सहयोग गरेका थिए ।

पूजाका अवसरमा विद्यार्थीले परम्परा अनुसार नै मण्डला बनाउने, मण्डलामा फलफूल राख्ने, टिका लगाउनेलगायतका कार्यहरु गरेका थिए । विद्यार्थीलाई म्हः पूजाकोबारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरेको स्कुलका संस्थापक प्रिन्सिपल राजभण्डारीले बताए ।

उनले म्हः पूजा मात्रै नगरी नेपालमा मनाइने ठूल्ठूला चाँड विद्यार्थीलाई आफै गर्न लगाइ सिकाउने जनाए । उता सोही स्कुलका कक्षा ४ का विद्यार्थीले भने देउसीभैलोको आयोजना गरेका थिए । कार्यक्रममा स्कुलका विद्यार्थी सहभागी थिए । यता हिमालयन ग्लोरी इ स्कुलले पनि पुजा गरेर मनाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.