भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

३ सय ६५ मत गन्दा सूर्यविनायकमा एमालेको अग्रता

३ सय ६५ मत गन्दा सूर्यविनायकमा एमालेको अग्रता

भक्तपुर । स्थानीय तह निर्वाचन २०७९ को सूर्यविनायक नगरपालिकाको मत गणनामा नेकपा एमालले अग्रता लिएको छ । शुक्रबार राती ११ः ३० बाट सुरु भएको मतगणनाको शनिबार विहिान ६ बजेसम्मको मत परिणाम अनुसार नेकपा एमालेको सूर्यले अग्रता लिएको हो । ३ सय ६५ मत गन्दा सूर्यले नगर प्रमुखमा १ सय ९७ मतले अग्रता लिएको छ ।

नेपाली काँग्रेसको रुखले ६३, नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हसिँया हथौडा ५, राप्रपाको हलो ७०, नेपाल मजदुर किसान पार्टीको मादलले १४ मत प्राप्त गरेको छ । सूर्यविनायक नगरपालिकाको उपप्रमखमा नेकपा एमालेको सूर्य १ सय ९७, नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हसिँया हथौडा ५, राप्रपाको हलो ७०, नेपाल मजदुर किसान पार्टीको मादलले १४ र नकेपा एसको कलमले १३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सूर्यविनायकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.