भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

औद्योगिक क्षेत्रका दुई ट्रकमा आगलागी

औद्योगिक क्षेत्रका दुई ट्रकमा आगलागी

३० साउन २०७७ हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मकै लोड गरी राखिएको ना ५ प ६५०३ तथा ना ६ ख ७८२६ नम्बरको ट्रकमा प्राविधिक कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीबाट ना ६ ख ७८२६ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ भने ना ५ प ६५०३ ट्रकमा आंशिक क्षति पुगेको बताइएको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, औद्योगिक क्षेत्रका कर्मचारी र स्थानीय व्यक्तिको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।rss

 


Thali Mobile Pvt.Ltd.