भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

कञ्चनपुरको शुक्लाफाँटामा सेप्टिक ट्याङ्कीमा परेर हात्तीको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटामा सेप्टिक ट्याङ्कीमा परेर हात्तीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति सेप्टिक ट्याङ्कीमा परेर जङ्गली हात्ती मरेको छ । शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।

ुराति १२ बजेपछि जङ्गली हात्ती आएर सेप्टिक ट्याङ्कीमा पछाडिको खुट्टा परेर मरेको देखिएको छ मेहताले भन्नुभयो । उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मरेको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छु, उहाँले भन्नुभयो, विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.