भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु

कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु

काठमाडौं । कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीको प्रक्रिया सुरु भएको छ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको प्रक्रिया सुरु भएको हो । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका शाहीले करिब साढे ३ वर्षपछि राजीनामा दिएका हुन ।

गठबन्धनको मुख्यमन्त्री अब कांग्रेसले लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको जनाइएको छ । नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवन बहादुर शाही नियुक्त हुने स्रोतले जानएको छ ।

 


Thali Mobile Pvt.Ltd.