भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कर्मचारीको ऋण मिनाहा

कर्मचारीको ऋण मिनाहा

झापा । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको रु छ लाख २९ हजार ऋण मिनाहा गरेको छ । विगत चार वर्षदेखि सिम्रिकको काँकडभिट्टा सेवा केन्द्रमा कार्यरत बजार प्रतिनिधि राजवंशीको असोज १४ गते उपचारका क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको थियो । उनको घर मेचीनगर–७ इटाभट्टामा छ । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतका अनुसार मृतकको एक मात्र छोरी आरुषी राजवंशीको शिक्षाका लागि संस्थाले रु तीन लाखको अक्षयकोष स्थापना गरिदिने र त्यसबाट आउने वार्षिक रु ३३ हजार ब्याजबाट पढाइ खर्च उपलब्ध गराइने जनाएको छ ।

आरुषी १७ वर्षको भएपछि अक्षयकोषको रु तीन लाख फिर्ता दिने र उच्च शिक्षाका लागि उनको नाममा खाता खोली संस्थाले मासिक रु दुई हजार जम्मा गरिदिने अध्यक्ष बस्नेतले बताउनुभयो । बचतको रकम उनी २३ वर्षको भएपछि एकमुष्ट रु सात लाख २० हजार फिर्ता दिने संस्थाले जनाएको छ । सुकमती राजवंशीले बजार प्रतिनिधि भएवापत घर बनाउन सिम्रिकबाट रु १० लाख ४० हजार ऋण लिनुभएको थियो । उहाँको असामयिक निधनपछि आश्रित परिवारलाई ऋणको बोझ नहोस् भनेर मिनाहा गरिदिएको बस्नेतले बताउनुभयो ।

कर्जा लिएको रकममध्ये रु ११ हजार तिरिसकेको अवस्थामा रु १० लाख २९ हजार कर्जा भुक्तानी गर्न बाँकी नै थियो । जसमध्ये सुकमतीको निधनपछि कर्मचारीले पाउने रु चार लाख संस्थाले ऋणमा मिलान गरेको छ । मृतकको परिवारलाई काजकीरिया खर्चवापत संस्थाले रु ३० हजार प्रदान गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.