भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्मयोगी पहाडी समाजसेवा पुरस्कार वादीलाई

कर्मयोगी पहाडी समाजसेवा पुरस्कार वादीलाई

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७७’ उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरिएको छ । हाल सुदूरपश्चिम प्रदेशसभा सदस्य रहनुभएकी वादीले मानव अधिकार–सामाजिक न्यायका लागि गर्नुभएको उल्लेखनीय योगदानका लागि समाजले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

विसं २०७८ मङ्सिरमा अन्तरराष्ट्रिय मानवाधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु एक लाख १० हजार पुरस्कार राशि र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने समाजका सभापति गोविन्द खनालले जानकारी दिए । विसं २०१८ फागुन ४ गते जन्मिनुभएका वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार सङ्घर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि सरकारसँग दुई बुँदे सैद्धान्तिक सहमति भएको थियो । विपन्न दलित वादी समुदायको हकअधिकारका लागि निरन्तर योगदान गर्दै आउनुभएका वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसीले सन् २०१८ को विश्वका १०० उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचीमा १०औँ स्थानमा राखेको थियो ।

 


Thali Mobile Pvt.Ltd.