भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

कर्मयोगी पहाडी समाजसेवा पुरस्कार वादीलाई

कर्मयोगी पहाडी समाजसेवा पुरस्कार वादीलाई

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७७’ उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरिएको छ । हाल सुदूरपश्चिम प्रदेशसभा सदस्य रहनुभएकी वादीले मानव अधिकार–सामाजिक न्यायका लागि गर्नुभएको उल्लेखनीय योगदानका लागि समाजले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

विसं २०७८ मङ्सिरमा अन्तरराष्ट्रिय मानवाधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु एक लाख १० हजार पुरस्कार राशि र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने समाजका सभापति गोविन्द खनालले जानकारी दिए । विसं २०१८ फागुन ४ गते जन्मिनुभएका वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार सङ्घर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि सरकारसँग दुई बुँदे सैद्धान्तिक सहमति भएको थियो । विपन्न दलित वादी समुदायको हकअधिकारका लागि निरन्तर योगदान गर्दै आउनुभएका वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसीले सन् २०१८ को विश्वका १०० उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचीमा १०औँ स्थानमा राखेको थियो ।

 


Thali Mobile Pvt.Ltd.