भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

काँचो इँटा उत्पादन तथा निकासीमा कर

काँचो इँटा उत्पादन तथा निकासीमा कर

भक्तपुर । चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो ।

इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले वर्षौँदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले नै यसमा पनि कर लगाउने निर्णय गर्दै कर निर्धारण गरेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

काँचो इँटा उत्पादन गर्र्दै आएका व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो इँटा उत्पादन गर्ने र भट्टालाई इँटा बिक्री गर्दै आएका छन् । नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान रु १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी रु पाँच सयका दरले कर असुली गर्ने निर्णय गरेको हो ।

त्यसो त भक्तपुरका रहेका ६१ इँटाभट्टामध्ये ४१ भट्टा रहेको चाँगुनारायणमा प्रदूषण बढाउने प्रमुख कारण नै इँटा उद्योग रहेकाले इँटा उद्योगलाई हटाउनुपर्ने माग गर्दै स्थानीय जनस्तरदेखि कार्यपालिकामा समेत पटक–पटक आवाज उठ्दै आइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.