भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौँ मेयर कप क्रिकेटः पुलिस दुई रनले विजयी

काठमाडौँ मेयर कप क्रिकेटः पुलिस दुई रनले विजयी

काठमाण्डाैं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब दुई रनले विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा पुलिसले वाग्मती प्रदेश टोलीलाई पराजित गरेको हो । टस जितेर ब्याटिङ गर्दै पुलिसले निर्धारित ५० ओभरको खेलमा २५ दशमलव दुई ओभरमा सबै विकेटको क्षतिमा मात्र ७२ रन बनायो ।

त्रिहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा वाग्मतीले सवै विकेटको क्षतिमा २७ दशमलव दुई ओभरमा ७० रन बनाउन सक्यो । पुलिसका लागि मञ्जित श्रेष्ठले १५ तथा सुनिल धमला, अनिल साह र दिलीप नाथले १०÷१० रन बनाउनुभयो । बलिङतर्फ वाग्मती प्रदेशका अरियो पौडेलले चार, नन्दन यादवले तीन र सोनु देवकोटाले एक विकेट लिनुभयो ।

त्रिहत्तर रनको विजयी लक्ष्य पछ्याउने क्रममा वाग्मती प्रदेशका लागि कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आदिल खानले १० रन बनाउनुभयो । बलिङतर्फ पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले चार, ललित राजवंशीले तीन, सागर ढकालले दुई तथा राशिद खानले एक विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच चार विकेट लिनुभएका पुलिसका दीपेन्द्रसिंह ऐरी घोषित हुनुभयो । मेयर कप सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई रु ५० लाख उपलब्ध गराएको छ ।

प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.