भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

काठमाडौंबाट हुने हवाई सरचार्ज अधिकतम ४४५ रुपैयाँले घट्यो

काठमाडौंबाट हुने हवाई सरचार्ज अधिकतम ४४५ रुपैयाँले घट्यो

काठमाडौं । वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धन मूल्य घटाएसँगै हवाई वायुसेवा कम्पनील भाडा घटाएका हुन् । काठमाडौंबाट विभिन्न गन्तव्यमा हुँदै आएको नियमित उडानमध्ये धनगढी तर्फको हवाई सरचार्ज ४४५ रुपैयाँले घटेको हो। यसैगरी काठमाडौं–भरतपुर तर्फको सरचार्ज ११० रुपैयाँले घटेको छ ।

प्राधिकरणले दुर्गम क्षेत्रको भाडा दर पनि घटाएको छ । यसअघि प्रतिलिटर १६० रुपैयाँ रहेको हवाई इन्धन १० रुपैयाँले घटेर १५० रुपैयाँ कायम भएपछि इन्धन सरचार्ज घटेको हो । बुद्ध, यती, सौर्य, श्री, गुण, सीता, तारा, समिटलगायत वायुसेवा कमपनीले विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएका छन् । नेपाल नागरिक उड्न प्राधिकरणले पारित गरेको नयाँ मूल्यअन्तर्गत काठमाडौंबाट हुने हवाई सरचार्ज अधिकतम ४४५ रुपैयाँले घटेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.