काठमाडौं र सुर्खेतमा फेरि बर्ड फ्लू भेटियो, १२ हजार धेरै कुखुरा नष्ट

काठमाडौं र सुर्खेतमा फेरि बर्ड फ्लू भेटियो, १२ हजार धेरै कुखुरा नष्ट

काठमाण्डौ । तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ । नगरपालिका १ साङ्लाफाँटमा एकैदिन साढे १२ हजारबढी कुखुरा नष्ट गरिएको छ ।

विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको हो ।फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य अच्युतराज कुँवरले बताए । यस्तै सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ ।

birdflueफार्ममा रहेको ७५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य कुँवरले बताए । सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको १०० वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको छ । यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

यस्तै काठमाण्डौसहित सुर्खेतलगायत जिल्लाहरुमा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमणको अध्ययन गरिरहेको पशुसेवा विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.