भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

काठमाण्डौ उपत्यका छाड्ने क्रम जारी

काठमाण्डौ उपत्यका छाड्ने क्रम जारी

काठमाण्डौ । हरेक वर्ष दशैँमा लाखौ मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् । यसपालिको दशैंका लागि पनि काठमाडौं उपत्यकाबाट अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाण्डौ उपत्यका छाडेका छन् । असोज महिना सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

गएको ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो । ११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै काठमाण्डौबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्नेछ । गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ ।

गएको १ गतेदेखि घटस्थापनाको दिन २१ गतेसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको सङ्ख्या बढेको जनाइएको छ । अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.