भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

काठमाण्डौको कीर्तिपुरमा सातगाउँले जात्रा मनाइँदै

काठमाण्डौको कीर्तिपुरमा सातगाउँले जात्रा मनाइँदै

काठमाण्डौ । आज सातगाउँले जात्रा काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरिमा मनाइँदैछ । जात्राका लागि सप्तमीको राति सातै गाउँका गुठियारहरूले आ–आफ्नो गुठीमा भैरव साधना गरी भित्र्याएका छन् । हिजो कीर्तिपुर दरबार क्षेत्रमा रहेको इन्द्रायणी मन्दिर, नगाउँको बालकुमारी, पांगाउँको विष्णुदेवी मन्दिरलगायत सातगाउँका गुठियारहरूले पूजाआजा गरी मन्दिरबाट देवता बाहिर ल्याएका हुन ।

विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने सातगाउँले जात्रा कीर्तिपुर, मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा अस्तिदेखि नै सुरु भएको हो । जात्रा मुख्य गरी अष्टमी, नवमी र दशमी गरी तीन दिन मनाइन्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमदः न्हय्गाँ जात्रा भनिन्छ ।

सात गाउँले जात्राको लागि कस्तो व्यवस्थापन गरिएको छ भनेर हामीले विष्णुदेवी मन्दिर रहेको चन्द्रागिरि नगरपालिका वडा नं। १५ का वडाध्यक्ष उत्तम रावतलाई सोधेका छौँ । जात्राका लागि कलात्मक झ्याल–ढोका भएका मन्दिर, चैत्य, ढुङ्गेधारा, टोल चोक सिङ्गारपटार गरी चिटिक्क बनाइएको छ । जात्राको अवसरमा कीर्तिपुर नगरपालिकाका सबै र चन्द्रागिरि नगरपालिकाका ९, १०, ११ र १५ नम्बर वडामा आज स्थानीय बिदा दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.