भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कान्ति लोकपथको देवीसाँधमा पहिरो

कान्ति लोकपथको देवीसाँधमा पहिरो

ललितपुर, । काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकपथ अन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको देवीसाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । भारी वर्षात भएसँगै मङ्गलबार उक्त ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको हो । पहिरोले सो वडासँगै वडा नं २ माल्टा, ४ प्यूटार, ५ इकुडोल, ६ आस्राङ, ७ गिम्दी तथा सो लोकपथ भएर फापरबारी हुँदै मन्थली जाने र हेटौँडा यात्रा गर्ने सडक अवरुद्ध भइरहेको स्थानीय रमेशकुमार सञ्जेलले बताउनुभयो । त्यस्तै विद्युत अवरुद्ध हुनुका साथै दूध र तरकारी ढुवानी समेत रोकिएको छ ।

गाउँपालिकाबाट दैनिक काठमाडौँका बजार पुग्ने पाँच देखि ६ हजार किलो तरकारीसमेत बेच्न नपाएर नष्ट गर्नुपरिरहेको स्थानीय शिवप्रसाद सञ्जेलले बताउनुभयो । उक्त पहिरो खुलाउन प्रयास भइरहेको छ । आज दिउँसो वर्षा नभए साँझसम्म स्काटभेटर लगाएर पहिरो खुलाउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.