भर्खरै : Sorry, your browser does not support inline SVG.
मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा | एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु | बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प | ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन | बागमती प्रदेशमा ७०१ दरबन्दी कटौतीको तयारी, प्रशासनिक पुनर्संरचना अन्तिम चरणमा | औद्योगिक क्षेत्रका उद्योगलाई ७ दिनभित्र बक्यौता तिर्न निर्देशन, नतिरे कारबाहीको चेतावनी | प्रदेश र पालिकामा ४ खर्ब २४ अर्ब बजेट, मधेश र कर्णालीलाई सबैभन्दा बढी अनुदान | डिजिटल माध्यमबाट साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म कर्जा पाउने |

कारोनाको कहर जस्तै पूर्वीनाका काँकडभिट्टा पर्यटकीय गतिविधिमा ठप्प

कारोनाको कहर जस्तै पूर्वीनाका काँकडभिट्टा पर्यटकीय गतिविधिमा ठप्प

काठमाण्डौ । पानीटङ्कीको अध्यागमन कार्यालयले भारतबाट पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन । अनुमती नदिएपछि पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ ।
भारतीय अध्यागमनको नीतिका कारण काँकडभिट्टाबाट पर्यटक आगमन ठप्प भएको जनाएको छ ।

विगतमा ठूलो सङ्ख्यामा तेस्रो देशबाट पर्यटक यो नाका भएर भित्रिने गरे पनि अहिले चलहलपहल ठप्पप्राय रहेको छ । बङ्गलादेश र अन्य तेस्रो देशका पर्यटक काठमाण्डौ हुँदै पूर्वी नेपाल घुम्न पुग्ने गरेका छन् ।
कोभिड–१९ को महामारीका बेला २०७६ चैतदेखि काँकडभिट्टासहित नाका बन्द भएका थिए । तर अहिले नाका खुलेपनि काँकडभिट्टासँग जोडिएको यो नाकाबाट पर्यटक आवगमन ठप्प रहेको छ ।

भारतको पश्चिम बङ्गाल राज्यको अध्यागमन चेकपोस्ट रानीगन्जले सीमावर्ती पानीटङ्की नाकाबाट भुटानी, नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका पर्यटकलाई मात्र नेपाल जाने प्रवेशाज्ञा दिने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.