भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कालो सागर बन्द भएपछि वैकल्पिक बाटोको खोजी

कालो सागर बन्द भएपछि वैकल्पिक बाटोको खोजी

काठमाडौं । रसिया र युक्रेन बीच जारी युद्धका रारण कालो सागरको बाटो बन्द भएको छ । युद्धका कारण कालो सागर बन्द भएपछि उक्त सागर भएर हुने ढुवानी बन्द भएको छ । कालो सागरको बाटो बन्द भएपछि भारतको वार्षिक साढे ४ अर्ब डलरको वस्तु निर्यात धरापमा परेको जनाइएको छ । अहिले विभिन्न देशहरुले विकल्पको खोजी गरिरहेका छन् । यसको पहिलो विकल्प इरानको चाबहार बन्दरगाह, दोस्रो विकल्प चीनको छिङताओ बन्दरगाह र तेस्रो अन्तरराष्ट्रिय उत्तर दक्षिण यातायात कोरिडोर (आईएनएसटीसी) रहेको छ ।

निर्यातकर्ताहरुले ती विकल्पहरु मध्ये हालका लागि आईएनएसटीसी मार्ग उपयुक्त रहेको बताएका छन् । चीनको बाटो भएर पनि मालवस्तु पठाउन सकिने सम्भाव्यताको खोजीमा निर्यातकर्ताहरु छन् । कोरोना भाइरसको महामारी शुरु भएयता सन् २०२० देखि नै विश्वभर सामान ढुवानीको भाढा तीव्र दरमा बढ्न थालेको थियो । सन् २०२१ को सेप्टेम्बरको अन्त्यतिर प्रति ४० फिटको कन्टेनरको १० हजार ३७७ डलर बढेर उच्च विन्दुमा पुगेको थियो पछि घटेर गएको फेबु्रअरी १२ मा ९ हजार ५१ डलरमा आएको थियो भने पुनः मार्च १० मा बढेर ९ हजार १८० डलर मा पुगेको तथ्यांक रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.