भर्खरै : Sorry, your browser does not support inline SVG.
घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा |

किसानलाई औजार वितरण

किसानलाई औजार वितरण

सुर्खेत । यहाँ व्यावसायिक किसानलाई कृषि उपकरण तथा औजार वितरण गरिएको छ । लेकवेशी नगरपालिकाको दशरथपुरमा व्यावसायिक कृषकलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सिताकुमारी नेपालीले लेकवेशी दशरथपुरका कृषकलाई व्यावसायिक खेती गर्नका लागी मिनिटेलर प्रदान गर्नुभयो ।

कृषि लाई व्यावसायिक र आधुनिकीकरण गर्न प्रदेश सरकार लागेको जनाउँदै मन्त्री नेपालीले अनुदानलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । सरकारको अनुदानलाई सदुपयोग गरेर आफ्नो लगानी बढाइ आत्मानिर्भर बन्न कृषकलाई उहाँले आग्रह गर्नुभयो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०७७–७८ को वार्षिक विकास कार्यक्रमअनुसार प्रदेशसभाका सदस्यको प्रत्यक्ष निगरानी हुने गरि दलित अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत कृषि औजार वितरण गरिएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायाले बताए ।

उहाँका अनुसार प्रदेश सरकारको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानी हुने कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमबाट दशरथपुरमा सात हर्स पावरका १३ मिनि टेलर, एक रोटाभेटर तथा रु ५० हजार बराबरको तरकारीको बीउ वितरण गरिएको प्रमुख रोकायाले जानकारी दिए। निर्देशनालयका अनुसार भेरीगङ्गा नगरपालिका–५, लेखवेशी नगरपालिका–४, वीरेन्द्रनगर नगरपालिका–२, ४ र १३, वराहताल गाउँपालिका वडा नं ६, ७ र १०, सिम्ता गाउँपालिका–७ र गुर्भाकोट नगरपालिका–५ छनोट भई कार्यक्रम कार्यान्वयन भइरहेका छन् । प्रदेशसभाका प्रति सदस्यका लागि कृषि मन्त्रालयले कृषिमा रु १० लाख र पशुसेवातर्फ रु १० लाख विनियोजन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.