काठमाडौं । भ्रष्टाचारमा संलग्नहरु जो कसैलाई नछोड्ने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई नछोड्ने बताएका हुन् ।
खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताउदै निर्दोष मानिस डराउनुपर्ने आवश्यक्ता नरहेको बताए । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मूल मुद्दा बनाएको जानकारी दिए ।
देशमा थुप्रै समस्या रहेको र किमसन र भ्रष्टाचारले देश जर्जर बनाएको बताउँदै कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफूपछि नहट्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजीको भनाई थियो ।
