भर्खरै : Sorry, your browser does not support inline SVG.
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ |

कृषकको मनोबल बढाऔँ, श्रमको सम्मान गरौँ प्रदेश प्रमुख

कृषकको मनोबल बढाऔँ, श्रमको सम्मान गरौँ प्रदेश प्रमुख

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कृषकको मनोबल बढाई श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने बताउनुभएको छ । आज देशभर मनाइँदै गरेको ‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशवासीलगायत सम्पूर्ण नेपाली कृषक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले खाद्यान्नको प्रमुख आधार मानिएको धानको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउन कृषि, कृषक र श्रमको उच्च सम्मान हुनुपर्नेमा जोड दिनुभएको हो ।

प्रदेश प्रमुख कलौनीले शुभकामना सन्देशमार्फत भन्नुभएको छ, “कृषि प्रधान हाम्रो मुलुकमा कृषकको मनोबल उच्च बनाई उहाँहरूको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ यो दिनमा हिलो खेल्ने, दही चिउरा खाने गरिन्छ । रोपाइँमा एकापसमा सघाउने परिमो र रोप्दै असारे भाकाका गीत गाउनेजस्ता क्रियाकलापले आपसी भाइचारा, आत्मीयता र सामाजिक एकतालाई थप बलियो बनाउँदै आएको छ ।”

उहाँले ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ यस वर्षको मूल नाराले मुलुकमा धानको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षाको अवस्थामा सुधार, आयात प्रतिस्थापनबाट धानमा आत्मनिर्भर र व्यावसायिक उत्पादनमार्फत समृद्धि हासिल गर्न सकिने विद्यमान अवस्थालाई चित्रण गरेको जनाउँदै त्यसका लागि निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक कृषिमा रुपान्तरण गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

कोभिड–१९ को महामारीबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी कृषि कर्ममा लाग्न आह्वान गर्नुभएका प्रदेश प्रमुख कलौनीले व्यावसायिक कृषिप्रति नयाँ पुस्ताको आकर्षण बढाउन सकिए कृषिमा आत्मनिर्भर नेपाल निर्माणमा सघाउन पुग्ने र त्यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने विश्वास लिएको जनाउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.