भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

केन्द्रमा पर्यटन राख्दै पोखराको नीति तथा कार्यक्रम आज

केन्द्रमा पर्यटन राख्दै पोखराको नीति तथा कार्यक्रम आज

पोखरा । पर्यटनलाई केन्द्रमा राखेर पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९, ०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । संघीयतापछि स्थानीय तहमा जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएपछि आउन लागेको नीति तथा कार्यक्रम पोखरा सभागृहमा मेयर धनराज आचार्यले आज प्रस्तुत गर्न लागिएको बताए ।

घोषणापत्रलाई नै आधार बनाएर पर्यटन, कृषि, स्वाथ्य र पूर्वाधार प्राथमिकतामा राखिने मेयर आचार्यले बताए । विद्यमान ट्राफिक व्यवस्थापन, ल्याण्डफिल्ड, पोखरा सिटी तथा क्षेत्रीय बसपार्क, पार्किङ लगायतका समस्या समाधान गर्ने गरी यो नीति तथा कार्यक्रम आउने उनको भनाइ छ ।

महानगरपालिकाले पोखरा लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक राखेर गएराति १ बजे नीति तथा कार्यक्रम पारित गरेको छ । पोखरालाई व्यवस्थित बनाउनेतिर पनि नीति तथा कार्यक्रम केन्द्रित हुने आचार्यले बताए ।

 


Thali Mobile Pvt.Ltd.