भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै

कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्या लगभग दोब्बर भएका छन् । सो अबधिमा तीन हजार ७५० सङ्क्रमित थपिएका थिए भने छ हजार २९५ ले सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार १८२ नमूना परीक्षण गरिएको थियो । तीमध्ये नौ हजार ५९८ पिसिआर बिधिबाट र पाँच हजार ५८४ एन्टिजेन बिधिबाट परीक्षण गरिएको थियो ।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६७ जनाको मृत्यु भएको छ । यो विवरणसहित हालसम्म कूल आठ हजार ३०५ जनाको कोरोनाका कारण दुःखद निधन भएको छ । मन्त्रालयका अनुसार कूकल छ लाख चार हजार ३९६ जनाको कोरोना पोजेटिभ देखिएको छ । यस्तै, पाँच लाख २० हजार ८१६ जना निको भएका छन । निको हुने दर ८६।२ प्रतिशत रहेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या १० हजार ५१ जना रहेको छ । कूल एक लाख ८६ हजार २०३ निको भएका छन् भने एक हजार ७५० जनाको निधन भएको छ । भक्तपुरमा दुई हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेकामा १८ हजार ४२ निको भएका छन् । यस्तै, ३४९ को मृत्यु भएको छ । ललितपुरमा कूल तीन हजार ९९४ जना सक्रिय संक्रमित रहेकामा ३१ हजार ३१२ जना निको भएका छन् । यस्तै, ५०५ जनाको निधन भएको छ ।

४५ जिल्लामा ५०० बढी सङ्क्रमित मन्त्रालयका अनुसार ५०० भन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लाको सङ्ख्या ४५ रहेको छ । प्रदेश नं १ को मोरङ, सुनसरी र झापामा ५०० बढी सङ्क्रमित रहेका छन् । प्रदेश नं २ को रौतटह, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा र सर्लाही रहेका छन् । वाग्मती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभे्रपलान्चोक, मकावानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा र रामेछापमा ५०० बढी संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

गण्डकी प्रदेशका कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ र लमजुङ छन् । लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, पाल्पा, बदिृया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम र रोल्पा , कर्णाली प्रदेशको सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रूदेशको डेडेल्धुरा,कैलाली, कञ्चनपुर, बैतडी, अछाम र डोटीमा ५०० बढी संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।यस्तै, २०० भन्दा माथि उपचारार्थ सङ्क्रमति भएका जिल्लामा ताप्लेजुङ, उदयपुर, धनकुटा, संखुवासभा, खोटाङ र ओखलढुङ छन् । रसुवा स्याङजा पर्वत, अर्घाखाँची, सल्यान, जाजरकोट, रुकुम पश्चिम र दार्चुलामा पनि २०० भन्दा माथि मात्रै सङ्क्रमित उपचारमा छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.