काठमाडौं । कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायका वार्षिक र सेमेस्टर प्रणालीका परीक्षा स्थगित गरेको सूचना प्रकाशित गरेको छ।
पूर्व प्रकाशित परीक्षा तालिका अनुसार सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष रसेमेष्टर) का सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षाहरू स्थगित गरिएको जानकारी परीक्षा नियन्त्रक प्रा. मोहनबहादुर बस्नेतले सूचना जारी गरेरदिएका हुन् ।
प्रकाशित सूचनामा ९ माघदेखि माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको उल्लेख छ।
