भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोनाविरुद्धको खोप सहजै उपलब्ध

कोरोनाविरुद्धको खोप सहजै उपलब्ध

नुवाकोट । कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पु¥याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र अतिरिक्त मात्रा ९बुस्टर डोज०को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनका अनुसार हरेक साताको सोमबार विदुर नगरपालिका–२ स्थित सहरी स्वास्थ्य केन्द्र र बुधबार त्रिशूली अस्पतालमा खोप लगाउन बाँकी रहेकादेखि यसअघि खोप लगाइसकेका व्यक्तिलाई थप डोज लगाउन कार्डसहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसैगरी जिल्लाका १२ स्थानीय तहले पनि अबदेखि खोप केन्द्र निर्धारण गरेर खोप सेवा उपलब्ध गराउने निर्णय भएको छ । खोप लगाउन सदरमुकाम केन्द्रित गरेर स्वास्थ्य कार्यालयले दुई केन्द्रबाट खोप उपलब्ध गराउने भएकाले जिल्लाभरलाई सोही स्थानमा बोलाउँदा आउजाउको क्रममा सङ्क्रमणको थप जोखिम तथा भीडभाड हुनेसक्ने भएकाले पालिकामै खोप उपलब्ध गराउन लागिएको हो । त्यसका लागि हरेक महिनाको तोकिएको मिति र केन्द्रबाट खोप सेवा उपलब्ध गराउने खोप अधिकृत महर्जनले बताए ।

सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सबैभन्दा उपयुक्त उपाय खोपको पहुँच भएकाले १२ वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाउन आग्रह गरिएको छ । नुवाकोटमा कोरोना रोगविरुद्धको खोप सेवामा सबैको पहुँच पु¥याई जिल्लालाई कोरोनाविरुद्धको खोपयुक्त जिल्ला घोषणाका लागि पनि खोप सेवालाई सहज बनाई सबैलाई समावेश गर्न लागिएको हो ।

जिल्लामा हालसम्म विभिन्न पाँच कम्पनीका तीन लाखभन्दा बढी डोज भित्रिएको छ । खोप कार्यक्रम सुरु भएदेखि हालसम्म नुवाकोटमा कोभिशिल्ड ६१ हजार ९१०, एक्स्ट्राजेनेका ६७ हजार ७००, भेरोसेल ९५ हजार १००, जोनसोन एण्ड जोनसोन १५ हजार ९१० र मोडर्ना कम्पनीको खोप ६४ हजार ८०० डोज खोप प्राप्त भएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.