भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

खानेपानी आयोजना निर्माणका लागि अर्थ मन्त्रालयको सहमति

खानेपानी आयोजना निर्माणका लागि अर्थ मन्त्रालयको सहमति

काठमाण्डौ । जुम्लामा धौलीगाड खानेपानी आयोजना निर्माण गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ । आयोजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख चार सय ९० रुपैयाँ रहेको छ । धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा गरी खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रिस्तरीय निर्णय भएको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ ।

कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा आयोजना बनेपछि जुम्ला सदरमुकाममा खानेपानी अभाव हट्नेछ । चन्दननाथ, गुठीचौर र तातोपानी गाउँपालिका गरी नौ हजार एक सय ८ घरधुरीका ४४ हजार १६३ जनसङ्ख्या लाभान्वित हुनेछन् । तीन वटै पालिकाबाट एक करोड ४६ लाख रुपैयाँ बैंकमा अग्रिम जम्मा गरेपछि आयोजना सफल भएको छ । चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठीचौर गाउँपालिकाले ४६ लाख रुपैयाँ बजेट बैंक धरौटी राखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.