भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

खानेपानी कार्यालय प्रमुख १० लाख ५५ हजारबढी घुससहित पक्राउ

खानेपानी कार्यालय प्रमुख १० लाख ५५ हजारबढी घुससहित पक्राउ

२६ साउन २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई घुससहित पक्राउ गरेको छ ।

इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट पक्राउ गरेको हो । २ लाख ३३ हजार ५ सय नगद र जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

इन्जिनियर साहले खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली पक्राउ गरेको हो ।

खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीलाई रोकेर इन्जिनियर साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता अधिकारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.