भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

गणेश रसिकको एकल साँझ

गणेश रसिकको एकल साँझ

काठमाण्डौ । राष्ट्रिय नाचघरमा गणेश रसिक एकल साँझ सम्पन्न भएको छ । छिनामखु समाजले यो कार्यक्रममा साङ्गीतिक साँझ भएको थियो ।

राष्ट्रिय नाचघरको हलमा भएको भव्य कार्यक्रममा रसिकका नयाँ पुराना कालजयी गीतहरु घन्किए । भोजपुरको छिनामखुमा जन्मनुभएका गणेश रसिकको सङ्गीत तथा स्वरमा दर्जनौँ गीत लोकप्रिय छन् ।

२०२४ सालमा गाउँबस्तीका भाका र आवाजमा रेडियो नेपालमा गीत रेकर्ड गरेर व्यावसायिक साङ्गीतिक यात्रा शुरु गरेका उहाँको आज पनि गीत सङ्गीतमा उहाँको उत्तिकै लगाव छ ।

५६ वर्षको लामो साङ्गीतिक यात्रामा उहाँले घरबेटी नानी, रातो भाले खोएँ खोएँ, धेरै सम्झे धेरै हुन्छ, हट्ने होइन डटी लड्ने, तराई हेर कति राम्रो लगायतका तीन सयभन्दा धेरै गीतहरु गाइसक्नुभएको छ ।

चेतनामूलक र सकारात्मक सन्देश बोकेका गायक रसिकका गीतले लोकलयका भाका, अमर आधुनिक गीत र मनछुने प्रेमिल विम्बको संरक्षणमा टेवा पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.