भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गिरिजाप्रसाद कोइरालाको आज ११औँ स्मृति दिवस

गिरिजाप्रसाद कोइरालाको आज ११औँ स्मृति दिवस

काठमाडौँ । नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको आज ११औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको ११औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले उनले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको स्मरणमा कार्यक्रम गर्दैछन् ।

राणाशासनविरोधी आन्दोलनमा विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गर्दै राजनीतिमा होमिएको स्वर्गीय कोइराला पटक(पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।२०६२ ६३ को जनआन्दोलनमार्फत संसद पुनःस्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाको भूमिका स्मरणीय छ ।

२०५३ सालमा नेपाली कांग्रेसको सभापति निर्वाचित भएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए । कोइराला शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छन् । उनको २०६६ साल चैत ७ गते मण्डिखाटारमा निधन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.