भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

गोली प्रहार गरी ज्यान मार्ने उद्योगको फरार प्रतिवादी पक्राउ

गोली प्रहार गरी ज्यान मार्ने उद्योगको फरार प्रतिवादी पक्राउ

कास्की । गोली प्रहार गरी ज्यान मार्ने उद्योगको अभियोगमा फरार एक जनालाई कास्की प्रहरीले आज दुई महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ । बारा जिल्ला बरियापुर नगरपालिका–४ पिपरावृत्ता घर भई पोखरामा मेटलको काम गर्ने ४५ वर्षीय राजकिशोर पाण्डेलाई गोली प्रहारको घटनामा संलग्न रहेको पाइएपछि खोजतलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो । प्रहरीले प्रतिवादी पाण्डेको साथबाट छ दशमलव ६५ एमएमको गोेलीको राउण्ड तीन थानसहित पोखरा–१ सिम्पानीबाट पक्राउ गरेको छ ।

गत माघ २३ गते पोखरा महानगरपालिका–१७ महतगौँडामा पर्वतको मोदी गाउँपालिका–८ चित्रे घर भई पोखरामा वायरिङको काम गर्ने २७ वर्षीय मनोज विकमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट विकको दाहिने कोखा ९पेटको भाग० मा अगाडि पट्टीबाट प्वाल परी पछाडि ढाडको भागमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ । घाइते विकले प्रहरीलाई दिएको हुलियाका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको र घटनामा संलग्नको पहिचान खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.