भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

गोली प्रहार गरी ज्यान मार्ने उद्योगको फरार प्रतिवादी पक्राउ

गोली प्रहार गरी ज्यान मार्ने उद्योगको फरार प्रतिवादी पक्राउ

कास्की । गोली प्रहार गरी ज्यान मार्ने उद्योगको अभियोगमा फरार एक जनालाई कास्की प्रहरीले आज दुई महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ । बारा जिल्ला बरियापुर नगरपालिका–४ पिपरावृत्ता घर भई पोखरामा मेटलको काम गर्ने ४५ वर्षीय राजकिशोर पाण्डेलाई गोली प्रहारको घटनामा संलग्न रहेको पाइएपछि खोजतलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताउनुभयो । प्रहरीले प्रतिवादी पाण्डेको साथबाट छ दशमलव ६५ एमएमको गोेलीको राउण्ड तीन थानसहित पोखरा–१ सिम्पानीबाट पक्राउ गरेको छ ।

गत माघ २३ गते पोखरा महानगरपालिका–१७ महतगौँडामा पर्वतको मोदी गाउँपालिका–८ चित्रे घर भई पोखरामा वायरिङको काम गर्ने २७ वर्षीय मनोज विकमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट विकको दाहिने कोखा ९पेटको भाग० मा अगाडि पट्टीबाट प्वाल परी पछाडि ढाडको भागमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ । घाइते विकले प्रहरीलाई दिएको हुलियाका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको र घटनामा संलग्नको पहिचान खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.