गौतमबुद्ध विमानस्थलमा आन्तरिक उडान सुरु, जजिराले लियो पहिलो उडान

गौतमबुद्ध विमानस्थलमा आन्तरिक उडान सुरु, जजिराले लियो पहिलो उडान

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान अनुमति लिएको छ । २ जेठ गतेका दिन उद्घाटन उडान गर्ने योजना सरकारले बनाएको छ ।

पहिलो दिन कुवेती कम्पनी जजिराले नियमित उडान थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । जजिराले साताको तीन दिन उडान गर्ने गरी अनुमति लिएको हो ।

जहाज कुवेतबाट सोमबार, बुधबार र शुक्रबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने बताइएको छ । विदेशी कम्पनीले उडान सुरु गर्ने निश्चित भएपनि नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स भने अझै अन्यौलमा रहेको बुझिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजाबाहक जहाज उडाउने विषय अहिले पनि अध्ययनकै चरणमा रहेको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.