भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ग्राण्डीमा १०३ बिरामीको मिर्गौला प्रत्यारोपण

ग्राण्डीमा १०३ बिरामीको मिर्गौला प्रत्यारोपण

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ ।ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको हो ।कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठूलो कुरा हो भन्नुभयो ।

नेपाल मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख प्राडा भोलाराज जोशीले मिर्गौला दान गर्नेको सङ्ख्या मुलुकमा बढाउनु जरुरी रहेको बताउनुभयो । सन् २००८ मा नेपालमा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण भएको स्मरण गर्दै हाल देशभर एक हजार ५०० बढी बिरामीको मिर्गौला प्रत्यारोपण भइसकेको उहाँले बताउनुभयो । “नेपालका विरामी मिर्गौला प्रत्यारोपणका लागि विदेश जान नपरोस्, स्वदेशमा नै सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्न पाईयोस्”, उहाँले भन्नुभयो ।अस्पतालका मेडिकल निर्देशक डा विनोद विजुक्छेले १०३ बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएपनि दुई निमोनिया, दुई कोरोना र एक बिरामीको उच्च रक्तचापका कारण मृत्यु भएको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.