भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

घटस्थापनादेखि अहिलेसम्म झण्डै साढे दुई लाखले राजधानी छोडे

घटस्थापनादेखि अहिलेसम्म झण्डै साढे दुई लाखले राजधानी छोडे

काठमाण्डौ । पछिल्लो २४ घण्टामा उपत्यकाका कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकाबाट ९१ हजार एक सय दुई जना यात्रु बाहिरिएका छन् । मंगलबार एकै दिन झण्डै एक लाख यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका हुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यो अवधिमा उपत्यका भित्रिनेको संख्या भने ५७ हजार ५ सय १ रहेको महाशाखाले जनाएको छ ।

खासगरी कलंकी, बल्खु र कोटेश्वरमा गाडी र यात्रुको चाप बढेको छ । गाडीमा सीट नपाउने समस्या यसपालि पनि दोहोरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बसको अग्रिम टिकट बुकिङ खुला गरेर यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको दाबी गरिरहे पनि त्यसो हुन सकिरहेको छैन ।

अग्रिम टिकट पाउन समेत यात्रुलाई सास्ती छ । यस्तै, दशैँ शुरु भएसँगै गाउँघरमा पनि चहलपहल बढेको छ । कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरु घर फर्किएसँगै चहलपहल बढेको हो । अस्तिदेखि हिजो बिहानसम्म झण्डै ७४ हजार जना गाउँ घर फर्किएका छन् । यो अवधिमा ४४ हजार यात्रु उपत्यका आएका थिए ।

घटस्थापनादेखि अहिलेसम्म झण्डै साढे दुई लाख जना गाउँ घर फर्किएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमान छ । स्कुल कलेज बिदा भएसँगै गाउँ घर फर्किनेको संख्या बढिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.