भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घर परिवारको सूचिकरण र सामाजिक तथा आर्थिक पक्षको विवरण लिइने

घर परिवारको सूचिकरण र सामाजिक तथा आर्थिक पक्षको विवरण लिइने

काठमाडौं । १२ औं राष्ट्रिय जनगणना बुधबारदेखि शुरु हुने भएको छ ।जनगणनको पहिलो चरण अन्तर्गत बुधबार घर तथा परिवार सुचिकरण शुरु गरिने भएको हो । गत बैशाखदेखि शुरु गर्ने तयारी गरिएको जनगणना कोभिडका कारणपछि धकेलिएको थियो । व्यक्ति घरको प्रकार, घरको संख्या, तला र घर प्रयोजन पनि खुलाइने छ भने पशुपंक्षीको विवरण पनि उतारिने छ ।

यसैगरी सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, ब्याबसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, बित्तीय संस्था, उद्योग, कलकारखानाको समेत बिवरण लिइनेछ । सुचीकरण असोज १८ गते भित्र सकिने बिभागले जनाएको छ । निर्धारित तालिका अनुसार मूल जनगणना भने कात्तिक २७ देखि मंसिर ९ सम्म हुनेछ ।

यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मुल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामूदायिक प्रश्नावली गर्नेछन् । जसका लागि केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । सुचीकरणमा घरा सदस्यहरुको बिवरण लिइने छ । ७७ वटै जिल्लमा एकसाथ घर तथा घरपरिवारको सुचिकरण गरिने छ । विवरणमा घरपरिवारको बैंक खाता, ऋणमा पहुँच, ब्याबसायिक तालिमलगायतका विषय पनि समावेश गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.