भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

चट्याङ लागेर ३ जनाले ज्यान गुमाए

चट्याङ लागेर ३ जनाले ज्यान गुमाए

कैलाली । चट्याङ लागेर कैलाली र कञ्चनपुरमा ३ जनाको मृत्यु भएको छ । चट्याङकै कारण एक जना घाइते भएको जनाइएको छ । मृत्यु हुनेमा कञ्चनपुरको पुनर्बास नगरपालिका ६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठ, पुनर्बास नगरपालिका ८ की शारदा थापाको र कैलालीको गोदावरी नगरपालिका ३ मालाखेतीमा रहेको रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाई गर्दै गर्दा कञ्चनपुर कृष्णपुर नगरपालिका ५ बस्ने वर्ष ४८ को पुनाराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर बेलौरी नगरपालिका ९ की बजलिया राना घाइते भएकी छिन् । उनको इसान अस्पताल गुलरियामा उपचार भैरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.