भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

समाजवादीपछि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय जसपाले पनि गर्‍यो

समाजवादीपछि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय जसपाले पनि गर्‍यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको जसपाको बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।

मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष यादवलाई नै दिइएको छ । अध्यक्ष यादव पक्षले गरेको निर्णयबारे भने सो पार्टीको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराइ पक्ष बेखबर रहेको जनाइएको छ । यस अधि नेकपा एकीकृत समाजवादीले आफ्ना चार जना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई मन्त्रिपरिषद्मा पठाएको छ ।

 


Thali Mobile Pvt.Ltd.