भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

चन्द्रागिरीमा गिरीको अग्रता

चन्द्रागिरीमा गिरीको अग्रता

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिनुभएको छ । आज १३ हजार ३४२ मतगणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ६ हजार ३१५ मत ल्याई अग्रता कायम गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले चार हजार ५१६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना थपलियाले राससलाई जानकारी दिनुभयो ।

यस्तै, उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार वसन्ती श्रेष्ठले पाँच हजार १९१ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार रोशन दानीले एक हजार ४८७ मत प्राप्त गर्नुभएको छ ।हालसम्म चन्द्रागिरीका पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । जम्मा गणना भएकामध्ये नगरप्रमुखमा एक हजार ५४१ र उपप्रमुखमा चार हजार ५८१ मत बदर भएको निर्वाचन कार्यालय चन्द्रागिरीले जनाएको छ । कूल १५ वडा रहेको चन्द्रागिरिमा कूल ४७ हजार २६४ मतदाता रहेकोमा यो स्थानीय तहको निर्वाचनमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । चन्द्रागिरी काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो ।

 


Thali Mobile Pvt.Ltd.