भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जनताले दिएको विश्वासलाई निरासामा परिणत हुन दिदैनौं : मेयर खत्री

जनताले दिएको विश्वासलाई निरासामा परिणत हुन दिदैनौं : मेयर खत्री

भक्तपुर । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले सल्लाघारी चाँगुनारायण सडक खण्ड एक वर्ष भित्र कालोपत्रे गर्न आफूहरु लागि पर्ने बताएका छन् । मेयर खत्रीले चाँगुनारायण नगरपालिका वडा नम्वर १,२,३ र ४ जोड्ने मुल सडक एक वर्षभित्र कालोपत्रे गर्ने विहीबार दुवाकोट केएसी चोकमा ढल निकाकस व्यवस्थापन कार्यको शिलान्यासगर्दै बताएका हुन ।

उनले भने “बाटो पहिला नै सम्पन्न हुनु पर्ने हो तर विभिन्न प्राविधिक कारणले सम्पन्न हुन सकेको छैन यसलाई निरन्तरता दिँदै बाटो छिटो भन्दा छिटो सम्पन्न गर्न आफूहरु अहोरात्र खट्ने छौं” ।

उनले ढल निकासको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै नगरमा समस्याको रुपमा रहेको डुुवान र सडकक कटानको समस्याबाट क्षतीको न्यूनिकरण गर्न र पहिरो नियन्त्रण गर्न सबै मिलेर निकास निकाल्नु बताए ।

सचेत नागरिकको सहयोगले नगरपालिका बन्ने भन्दै उनले सबैलाई हातमा हात मिलाउन आग्रह गरे । उनले जनताले गरेको विश्वासलाई निरासामा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

 

 


Thali Mobile Pvt.Ltd.