भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चाँगुनारायणबासीलाई निःशुल्न रगत

चाँगुनारायणबासीलाई निःशुल्न रगत

भक्तपुर । चाँगुनारायण नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने नपालिकाको पहिलो कार्यपालिका बैठकले निर्णय गरेको छ ।

नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा कार्यपालिकामा बसेको बैठकले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई आगामी आर्थिक वर्षबाट लागू हुने गरी स्वास्थ्य उपचारको क्रममा रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरबाट निःशुल्क रुपमा रगत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले निःशुल्क रगत उपल्बध गराउन कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउने नगर प्रमुख जीवन खत्रीले बताए । उनले रक्तदातालाई प्रोत्साहित गर्नका लागि रक्तदाता प्रोत्साहन खर्चलाई बढाउने समेत निर्णय गरेको जानकारी दिए ।

यसअघि प्रति रक्तदाता ५० रुपैयाँ दिइरहेकोमा त्यसलाई बढाएर एकसय रुपैयाँ दिने निर्णय भएको छ । बैठकले चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने निर्णय समेत गरेको छ ।

खत्रीले, ‘हामीले २०७४ सालको निर्वाचनपछि नै नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएका थियौं, अहिले सो बारेमा निर्णय भएको छ ।’

त्यस्तै बैठकले राजस्व परामर्श समिति, योजना अनुगमन समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति समेत गठन गरेको छ । बैठकले नगरपालिकाको प्रवक्तामा वडा नं. ८ का वडाअध्यक्ष जनक खत्रीलाई चयन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.