भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली सम्मानित

चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली सम्मानित

काठमाडौं । दैलेख जिल्लाको भैरबीबाट सपना बोकेर हिँडेका स्वप्नील चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली सम्मानित हुनुभएको छ । नबिल बैंक लिमिटेडमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली विनायक शिद्ध कलेज पौरखी सम्मान २०७७ बाट सम्मानित हुनुभएको हो ।

उहाले दैलेख जिल्लाको भैरबीबाट चालेका पाइला काठमाडौंमा सफल हुँदै गर्दा आफ्नो यात्रालाई मूल्याङ्कन गर्दै बिनायक सिद्ध कलेज पौरखी सम्मानबाट सम्मानित गरेकोमा आफूलाई गौरव लागेको बताउनुभयो ।

ज्ञावलीले कुलमान घिसिङ, प्रा.डा.सुरेन्द्र केसी, महाबीर पुनसंगै सम्मानित गरेकोमा कलेजका प्रिन्सिपल, अध्यक्षसंगै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई समेत आभार व्यक्त गर्नभयो ।

दैलेख जिल्लाको भैरबीमा जन्मिएका ज्ञवाली नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन । ज्ञावली ज्योति बिकास बैंकको सीइओ हुँदै हाल नबिल बैंक लिमिटेडमा कार्यरत हुनुहुन्छ । ज्ञवालीले भारतीय बोर्ड अन्तर्गत सिए उतिर्ण गरेका थिए । नेपाल सरकारका संचार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले दोसल्ला ओढाएर ज्ञावलीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.