भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली सम्मानित

चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली सम्मानित

काठमाडौं । दैलेख जिल्लाको भैरबीबाट सपना बोकेर हिँडेका स्वप्नील चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली सम्मानित हुनुभएको छ । नबिल बैंक लिमिटेडमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली विनायक शिद्ध कलेज पौरखी सम्मान २०७७ बाट सम्मानित हुनुभएको हो ।

उहाले दैलेख जिल्लाको भैरबीबाट चालेका पाइला काठमाडौंमा सफल हुँदै गर्दा आफ्नो यात्रालाई मूल्याङ्कन गर्दै बिनायक सिद्ध कलेज पौरखी सम्मानबाट सम्मानित गरेकोमा आफूलाई गौरव लागेको बताउनुभयो ।

ज्ञावलीले कुलमान घिसिङ, प्रा.डा.सुरेन्द्र केसी, महाबीर पुनसंगै सम्मानित गरेकोमा कलेजका प्रिन्सिपल, अध्यक्षसंगै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई समेत आभार व्यक्त गर्नभयो ।

दैलेख जिल्लाको भैरबीमा जन्मिएका ज्ञवाली नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन । ज्ञावली ज्योति बिकास बैंकको सीइओ हुँदै हाल नबिल बैंक लिमिटेडमा कार्यरत हुनुहुन्छ । ज्ञवालीले भारतीय बोर्ड अन्तर्गत सिए उतिर्ण गरेका थिए । नेपाल सरकारका संचार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले दोसल्ला ओढाएर ज्ञावलीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.