भर्खरै : Sorry, your browser does not support inline SVG.
एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो |

चितवनमा आयुर्वेदिक आरोग्य सेवा केन्द्र विस्तार गरिँदै

चितवनमा आयुर्वेदिक आरोग्य सेवा केन्द्र विस्तार गरिँदै

चितवन ।  चितवन जिल्लाका चार पालिकामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना कार्य शुरु भएको छ । हालसम्म दुई केन्द्र सञ्चालनमा आएका छन् भने थप दुई सञ्चालनको तयारीमा छन् । जिल्ला आयुर्वेद कार्यालय रत्ननगरका प्रमुख डा कोपिला अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१४ स्थित शिवनगर र खैरहनी नगरपालिका–१२ स्थित कुमरोजमा केन्द्र सञ्चालनमा आइसकेका छन् । शनिबारदेखि कालिका नगरपालिका–७ सगुनटोलमा सेवा केन्द्र सञ्चालनमा ल्याइने छ । केही दिनमै इच्छाकामना गाउँपालिकामा पनि केन्द्र सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा केन्द्रमा एक वैद्य र एक थेरापीसम्बन्धी प्राविधिक रहने व्यवस्था गरिएको छ । केन्द्रले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसँगै तनाव, जीवनशैली, र दुखाइको व्यवस्थापनजस्ता सेवा निःशुल्क दिनेछन् । त्यसैगरी योगप्राणायम गराइने उहाँले जानकारी दिनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवन र यसका मातहतमा आठ औषधालयले जिल्लामा सेवा दिइरहेका छन् । प्रमुख अधिकारीले अहिले सङ्घीय सरकारले देशभरका सबै पालिकामा एक÷एक वटा आयुर्वेदसँग सम्बन्धित अस्पताल बनाउने नीतिअनुसार नभएका पालिकामा थप गरिएको बताउनुभयो ।

जिल्लाका कालिका, खैरहनी र इच्छाकामनामा आयुर्वेदसम्बन्धी अस्पताल छैनन् । भरतपुर महानगरपालिका ठूलो भएकाले आयुर्वेदिक औषधालय भए पनि यहाँ केन्द्र थप गरिएको हो । यिनै केन्द्रलाई विस्तार गरी अस्पतालका रुपमा विकास गर्ने योजना सरकारको छ । जिल्लामा गत वर्ष केन्द्र र औषधालयबाट ३० हजारले सेवा लिएका थिए । अधिकारीका अनुसार वाग्मती प्रदेशमा यो सबैभन्दा बढी हो । यी स्थानबाट एक वर्षमा रु ६० लाख हाराहारीको औषधि निःशुल्क वितरण गरिँदै आएको छ । बिरामीको आकर्षण बढी भए पनि दक्ष जनशक्ति भने कम रहेको छ । जिल्ला कार्यालय रहेको केन्द्रमा एक चिकित्सक दरबन्दी छ भने अन्य औषधालय कविराज, वैद्य र प्राविधिकका भरमा सञ्चालन गरिँदै आएको छ । रासस

Mohotsav


Thali Mobile Pvt.Ltd.